eNepal

कबिता: सम्झौता

लक्ष्य मिल्ने भाका सार्नु नै रहेछ जिबन
वर्तमानको समस्या टार्नु नै रहेछ जिबन

कष्ट भोक्दै नक्कली हाँसो हाँस्दै भएनी
यो दिललाई सन्तुष्ट पार्नु नै रहेछ जिबन

कति सुन्दर हुन्छ कल्पनाको त्यो संसार
भेट्छु भन्दै दुनियाँ चार्नु नै रहेछ जिबन

समय र परिस्थितिको सामाना गर्दा गर्दै
बाध्यताको खेलमा हार्नु नै रहेछ जिबन

उब्जिएका भावना दिल भित्रै थन्काएर
एकान्त हेरि आँसु झार्नु नै रहेछ जिबन

माधव अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal