eNepal

विदेशमै अड्कियो १५३ जना नेपालीको शव

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमै रोकिएको छ। कोरोना महामारी नियन्त्रणका गर्न लगाइएको लकडाउनका कारण विदेशबाट कामदारको शव ल्याउन सकस परेको हो। मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका १ सय ५३ जना नेपालीको शव अहिलेसम्म ल्याउन सकिएको छैन। वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा ५, ओमनमा १ र अन्य मुलुकमा चार नेपालीको शव रोकिएको छ।

साउदी अरबमा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु भएको तथ्यांक छ। यसबीचमा त्यहाँ ५७ पुरुष र १ जना महिला गरेर ५८, युएइमा ५१ पुरुष र ४ महिला, मलेसियामा ५२ पुरुष, कतारमा ३६ पुरुष र १ महिला, कुवेतमा ६ पुरुष र ५ महिला, बहराइनमा ७ पुरुष, दक्षिण कोरिया ५ पुरुष, ओमनमा १ पुरुष र अन्य मुलुकमा ११ पुरुष र १ महिलाको मृत्यु भएको छ। त्यसैगरी, अनौपचारिक स्रोतबाट बोर्डले संकलन गरेको तथ्यांकअनुसार सेसेल्समा १, टर्कीमा १, अमेरिकामा २, बंगलादेशमा १, थाइल्याण्डमा १, कम्बोडियामा १, साइप्रसमा १, जोर्डनमा १, जापानमा १, इराकमा १ र मंगोलियामा १ जना नेपालीको मृत्यु भएको छ। मृत्यु भएका कसैको पनि शव नेपाल ल्याउन सकिएको छैन। परिवारको सहमतिअनुसार हालससम्म ८५ जनाको अन्त्येष्टि सम्बन्धित मुलुकमै गरिएको छ।

मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना प्रवासी नेपालीको विदेशमै अन्त्येष्टि गरिएको हो। कोरोना संक्रमणबाट विदेशमा २३ नेपाली कामदारको मृत्यु वैदेशिक रोजगारमा गएका २३ जना नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको बोर्डका निर्देशक राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको मृत्यु भएको हो।

कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाहरुको शव विमान चार्टड गरेर ल्याउने व्यवस्था भएकोले सबै शव क्रमिक रुपमा ल्याउने श्रेष्ठले जानकारी दिए। मृतकको घरसम्म शव पुर्‍याउनका लागि वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने पनि उनले जानकारी दिए। उनले भने, ’शवलाई मृतकको घरसम्म पुर्‍याउनको लागि सवारी साधनको व्यवस्था गरेका छौं। यस्तो काममा बोर्डले पहिलेदेखि नै समन्वय गरी नि:शुल्क सेवा दिँदै आएको छ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal