२१ जेठ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले प्रदर्शन गरेको हो ।
सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा प्रदर्शनकारीले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।


