eNepal

प्रेमलिला

कहिले तरबार उठाउछ
कहिले घरबार उठाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बिष पिलाउछ

प्रेम श्वासको बन्धन
प्रेम मुटुको धड्कन
प्रेम कल्पनाको दर्पण
प्रेम जिबनको समर्पण
यो नदिको किनारमा
यो उच्च शिखरमा
यो गिताको सारमा
यो शृष्टिको संसारमा
यसको पुजा जसले गर्छ
उसलाई दोषी बनाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बिष पिलाउछ

प्रेम रङ्गहरुको बादल
प्रेम आँखाको गाजल
प्रेम भवराको चंचल
प्रेम प्रकृतिको आँचल
प्रेम शिरको कुमकुम
प्रेम म
प्रेम तिमी
प्रेम पाउजुको छमछम
प्रेम बर्षाको रिमझिम
जहाँ फुलको बिस्त्रा छ
त्यहा काडा बिछ्याउछ
प्रेम गर्नेहरुलाई
यो समाज बीष पिलाउछ

कहिले तरबार उठाउछ
कहिले घरबार उठाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बीष पिलाउछ !!

माधव अधिकारी

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal