eNepal

डा.केसी १८ औ पटक फेरि आमरण अनशनमा

२० जेठ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् ।

सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेका छन् ।

‘सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँचका लागि’ भन्दै उनले अनसन सुरु गरेका हुन् । उनी मंगलबार र बुधबार अनसन बस्नेछन् ।

दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनले राखेका छन् ।

त्यस्तै गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसंग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।

यसअघि गत कात्तिक १८ गतेदेखि डडेल्धुरा जिल्ला सदरमुकाममा डा. केसीले १७ औं पटक अनसन बसेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal