eNepal

अभिभावक यसरि रमाउँछन बिदेशमा

बिदेशी भुमीमा अभिभावकहरुलाई बोलाएर खाली नाती नातीनाको हेरचाह र स्याहार सम्हार मात्र गर्न लगाईन्छ भन्ने जुन नकरत्माक सन्देश अनाहकमा फैलीएको छ, त्यस कुरा जहाँसम्म सोर्है आना ठिक नहोला। होलान कोही यदाकदा घरबाट बाहिर नलगी कन चार परखालको कुनामा कोचेर राख्न बाध्य बनाउने तर समग्रमा भन्नु पर्दा अभिबकत्वको महत्व बुजेर अभिभावकहरुको मनोरन्जन गराउने प्राय सबै बिदेशमा बस्ने छोरा बुहारी अनि छोरी ज्वाँईले गरेका हुन्छन्। यसमा बिशेष गरेर समाजिक समुदायहरु पनि आफ्नो तर्फबाट सरहानिय कामहरु गर्दै आईरहेका छन्।

केही हप्ता अगाडी मात्र एनआरएनए भिक्टोरीयाको अगुवाईमा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको थियो जसमा अभिभावकहरुको लागि बिभीन्न मन्दिर एबम् गुम्बा चैत्यको भ्रमण अनि सुन खानीको भ्रमण सम्पन्न गरेर पिक्नीकको कार्यक्रम सम्पन्न भएको थियो जसमा उल्येख्य बाबा आमाहरुको सहभागी रहेको थियो।

image

त्यस्तै गरेर दिदी बहिनी समाज भिक्टोरीयाले हरेक हप्ता योगाको कार्यक्रम गर्ने गरेको छ। हरेक शनिबार अपरान्ह ४- ५ बजे ग्लेनरोय युनाटिङ चर्चमा योगाको कार्यक्रम हुँदै आएको छ।काजल किरण प्रशीक्षक रहेको यो योगा कार्यक्रम दिदी बहिनी समाजकी जमुना पराजुलीको संयोजकत्वोमा सँचालन हुँदै आएको छ।

image

 

हरेक हप्ता जसो बालन भजनको कार्यक्रमहरु पनि हुने गर्दछ जहाँ स्वतः स्फुर्त रुपमा बा आमा सहभागी भएर भजन किर्तनका रमाउने कार्यक्रमहरु पनि हुने गर्दछ। यसरि बदेशी भुमीमा बिभीन्न कार्यक्रमहरु अभिभावकहरु लागि आयोजना गरेर भर्पुर मनोरन्जन दिनेगरिएको छ र यसले पक्कै पनि सकारत्मक सन्देश जानेनै छ।

मान्छेहरुले भन्ने जुन तेल भीषा या बन्द कोठा भित्र सडाएर राख्ने भन्ने यदाकदा हल्ला सुनिएको छ त्यो हद सम्म निराधर हुन सक्छ तर समग्रमा नाती नातीनाहेर्न पाउँदा पक्कै पनि हजुरवा र आमालाई ग्लानी बोध पक्कै हुँदैन र सबैका छोरा छोरीले त्यस्तो बन्देजमा पारेर सडाएर राखेका पनि हुँदैनन्।

सबै भन्दा महत्वपुर्ण कुरा के भने अभिभावक बोलाउँनु भन्दा अगाडी उहाँहरुको स्वास्थ्य के कस्तो छ बुझ्न अपरिहार्य हुन जान्छ। कुनै रोग भएको या नभएको बुझेर परेजमा बस्न पर्ने कुरा ध्यान दिन जरुरी हुन्छ।फेरी नजानीकन परेजमा नबसीकन जे पायो त्यही खाँदा रोगले ग्रस्त भएर अप्रिय घटना नघटला भन्न सकिन्न।
आज मात्रै मेल्बोर्नमा भएको बालन भजनको झलक

https://www.facebook.com/keshav.kandel.397/videos/10157113492970316/

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal