जेठ १९ सोमबार -तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएकाे छ ।
२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।
आजको कोरोना संक्रमण विषम परिस्थिति मा गोकर्णस्वर नगरपालिका वडा न ६ नयाँ बस्ती युबा कल्ब मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ,उत्त कार्यक्रम मा विभिन्न ब्यतित्व ले माल्यापर्ण गर्नु भएको छ । आज देशका विभिन्न ठाँउ मा विभिन्न कार्यक्रम गरि श्रद्धा सुमन ब्यक्त गरिएको छ ।आज देश भर बिभिन्न कार्यक्रम बिच स्वर्गीय पुर्बराजा बिरेन्द्र तथा उहाँको परिवार लाई सम्झने कार्यक्रम छ।



