eNepal

नेपाली चलचित्रका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन

नेपाली चलचित्रका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा दुःखद निधन भएको छ। एक सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका कलाकार चन्दको आइतवार बिहान आफ्नै निवास ललितपुरको एकान्त कुनामा निधन भएको हो।

एक छोरी र श्रीमतीसँग बस्दै आएका कलाकार जयनन्द चन्द ठकुरी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए। युगान्तकारी नेपाली चलचित्र ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए। तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि कलाकार चन्द विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए।

कलाकार ठकुरीले चलचित्रको अलावा थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । पछिल्लो पटक चलचित्र ‘भागी भागी नजाऊ’ मा देखिएका थिए। ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चवटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal