eNepal

दैलेख मा आज थप १४ जना कोरोना संक्रमित फेला

जेठ १७ शनिबार – दैलेखका १४ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। पीसीआर परीक्षणका लागि सुर्खेत र दैलेखबाट नमुनाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८, २५ र ३५ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ को २०/२० वर्षीय पुरुष, वडा नम्बर ११ का २७ र १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनाको कोरोना भाइरस संक्रमण देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनाको कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा नमुना पठाइएको बताइएको छ। यस अघि भारतबाट आएर दैलेखका विभिन्न क्वारेन्टाइनमा बसेका १६ जनामा कोरोना संक्रमित देखिएको थियो। कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको संख्या ४६ छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal