eNepal

बुन्डोस लिगा फुटबल मा जित्ने मौका गुमायो लिपजिगले

जेठ १६- रसेनबल स्पोर्ट्स लिपजिगले जर्मन बुन्डेस लिगा फुटबल तालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। बुन्डेस लिगाअन्तर्गत बुधबार राति खेलिएको खेलमा हेर्था बर्लिनले लिपजिगलाई उसैको घरेलु मैदानमा २—२ गोलको बराबरीमा रोक्यो।

उक्त खेलमा जित हात पारेको भए गोलअन्तरका आधारमा बोरुसिया डर्टमन्डलाई पछि पार्दै लिपजिग अंक तालिकाको दोस्रो स्थान मा उक्लने थियो। खेलमा सुरुआती अग्रता पनि भ्रमणकारी टोली हेर्था बर्लिनले नै लिएको थियो। खेल सुरु भएको नवौं मिनेटमै हेर्था बर्लिनका लागि मार्को ग्रुजिकले पहिलो गोल गरेका थिए।

खेलको २४औं मिनेटमा लिपजिगका लागि लुकास क्लोस्टरम्यानले जवाफी गोल फर्काए। निर्धारित समयको ६३औं मिनेटमा लिपजिग १० खेलाडीमा समेटिन पुग्यो। लिपजिगका मार्सन हलस्टेनबर्ग दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसअघि उनले पहिलो हाफको अन्तिम समयमा पहेँलो कार्ड पाएका थिए।

१० खेलाडीमा समेटिए पनि लिपजिगले ६८औं मिनेटमा आफ्नो अग्रता २—० बनाएको थियो। लिपजिगका लागि प्याट्रिक सिकले दोस्रो गोल गरेका थिए। तर, निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि हेर्था बर्लिनले पुनः खेललाई २—२ गोलको बराबरीमा पुर्‍यो। हेर्था बर्लिनका लागि दोस्रो गोल क्रिस्टोफ पितेकले पेनाल्टीमार्फत गरेका थिए।

हालसम्म २८ खेल खेलेको बायर्न म्युनिख ६४ अंकसहित लिग तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डले समान खेलबाट ५७ अंक जोडेको छ। मंगलबार राति खेलिएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई उसैको मैदानमा १—० गोलले हराएको थियो।

तालिकाको तेस्रो स्थानमा आसीन लिपजिगले भने २८ खेलबाट ५५ अंक बटुलेको छ। हेर्था बर्लिन समान खेलबाट ३५ अंक जोड्दै १०औं स्थानमा छ। बुन्डेस लिगा फुटबलमा यो सिजन अब अधिकांश टोलीले ६÷६ खेल खेल्न बाँकी छ। बुधबार राति नै भएको अर्को खेलमा पाडेरबर्नले आउग्सबर्गलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्यो।

फोर्टुना डुसलर्डले भने घरेलु मैदानको फाइदा उठाउँदै साल्केमाथि २—१ गोलको जित हात पार्‍यो। होफेनहाइमले पनि घरेलु मैदानमै खेलिएको खेलमा एफसी कोलनलाई ३—१ गोलले पराजित गर्‍यो। युनियन बर्लिन भने घरेलु मैदानमा माइन्जसँग १—१ गोलको बराबरीमा रोकियो।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal