eNepal

स्पेनका पाका फुटबल खेलाडी अरिट्ज अडुरिजले सन्यास को घोषणा

१६ जेठ, काठमाडौं । स्पेनका पाका गोलकर्ता तथा एथ्लेटिक विल्वाओका स्ट्राइकर अरिट्ज अडुरिजले व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । हिप फेर्नुपर्ने भएकाले ३९ वर्षीय भेट्रान स्ट्राइकरले सन्यास घोषणा गरेका जनाएका छन् ।

अडुरिज स्पेनको राष्ट्रिय टिमका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी हुन् । उनको टिम विल्वाओले आगामी अप्रिलमा रियल सोसिडाड विरुद्ध कोपा डेल रे फाइनल खेल्ने तयारीमा थियो । अडुरिज पनि त्यो फाइनल खेल्न चाहन्थे । तर स्वास्थ्यले उनलाई साथ दिएन ।

‘धेरै समय मैले भन्दै आएको छु । तपाईँले पहिला फुटबल छाड्नुभन्दा फुटबलले पहिला तपाईलाई छाड्नेछ,’ अडुरिजले बुधबार ट्वीटरमा लेखेका छन्, ‘हिँजो डाक्टरले मलाई सक्दो चाँडै सर्जनलाई देखाउन भनेका छन् । मेरो दैनिकी साधारण रुपमा चलायमान बनाउन हिप रिप्लेसमेन्ट गर्नुपर्ने भएको छ । दुर्भाग्यवश मेरो शरीरले अब पुग्यो भन्यो ।’

अडुरिजले विल्वाओका लागि २९६ खेल खेल्दै १४१ गोल गरेका छन् । उनले भ्यालेन्सिया र मालोर्काका लागि पनि खेले ।

‘मैले चाहे अनुसार मैले मेरो टिममेटलाई सहयोग गर्न सकिनँ । न त उनीहरुले चाहेजस्तो गर्न सकेँ । यो नै व्यावसायिक खेलाडीको जीवन हो,’ अडुरिजले भने ।

अडुरिजले स्पेनको लागि १३ खेल समेत खेलेका छन् । सन् २०१६ मा ३५ वर्ष २७५ दिन हुँदा गोल गर्दै उनी स्पेनको पाका गोलकर्ता बनेका थिए । उनले स्पेनका लागि २ गोल गरेका छन् ।
कोरोनाभाइरस महामारीका कारण अहिले स्पानिस ला लिगा स्थगित छ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal