देबेन्द्र लामा
टोकियो – कोरोना भाइरसको संक्रमण फैलिन नदिन बन्द गरिएको टोकियो टावर पुनः संचालनमा आएको छ । टावर विहिबारदेखिपूर्णरुपमा खुलेको हो ।
टोकियोको मुख्य पर्यटकीय केन्द्रका रुपमा रहेको टावर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा थप नफैलियोस् भन्ने हेतुले गत अप्रिल ८तारिक देखि बन्द गरिएको थियो ।
३ सय ३३ मिटर अग्लो यो टावरमा रहेका केही पसलहरु भने मे १४ तारिकदेखि संचालनमा आएका थिए । विहिबारदेखि मुख्य अवलोकनडेक सुचारु गरिएको हो ।
टोकियोका व्यवसायहरु पुर्नजीवित भएको आभाष दिलाउन टावरमा विहिबार साँझदेखि मध्यरातसम्म विभिन्न रंगहरु मिश्रितप्रकाशसहित झिलीमिली पारिने भएको छ ।
टावर खुलेपछि पनि कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि सुरक्षाका विभिन्न उपायहरु समेत अपनाइने संचालककम्पनीले जनाएको छ । जस अन्तर्गत प्रवेशद्धारमा नै पर्यटकहरुको तापक्रम नाप लिइनेछ भने कर्मचारीहरुले शुरक्षात्मक कवच प्रयोगगर्नेछन् । व्यक्तिहरुवीच दूरी कायम राख्न भुईमा फुटमार्क रमेत राखिएको छ ।
कोही पनि व्यक्तिमा यदि ३७ दशमलव ५ डिग्रि सेल्सियस वा सो भन्दा बढि ज्वरो देखिएमा प्रवेश दिइनेछैन भने एलिभेटरमा एक पटकमा४ जनालाई मात्र राखिनेछ ।

