eNepal

आफ्नो निजि अस्पताल सरकार लाई हस्तान्तरण गर्ने पहिलो ब्यक्ति हुन रहबर अन्सारी

जेठ  १३ बिहिवार -विश्वब्यापी कोरोना को महामारी तिब्र रुपले बढिरहेको छ यता नेपालमा पनि तिब्र रुपमा बढी रहेको छ प्रदेश नम्बर २ सब भन्दा बढी र पर्सा मा त्यसको प्रभाव बढी रहेको छ बारा, पर्सा रौतहट, सर्लाही सम्मको कोरोना संक्रमित रहेको मानिसहरुको हब नारायणी अस्पाल थियो ।बिरामीहरुको चाप एक्कासी बढन थालेपछि पहिले गरेको घोषणा अनुसार आफ्नो निजि वीरगन्जको गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारी ले महानगर प्रमुख विजय सरवागी लाइ पत्र लेख्दै हस्तान्तरण गर्न गर्ने जानकारी गराएका थिए ।

महानगर पालिका ले यो भन्दा पहिला नै सुचना निकाले को थियो तेही बमोजिम आफुले प्रक्रिया पुर्याएर स्थानिया सरकारलाई दिने भने कारण वीरगन्जमा अर्काे कुनै अस्पताललाई कोभिड-१९ उपचार केन्द्र बनाउने र नारायणी अस्पतालका अन्य सेवा सुचारु गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो।सोही निर्णय बमोजिम वीरगन्ज महानगरले कोभिड-१९ उपचारका लागि अस्थायी रुपमा अस्पताल उपलब्ध गराउन तयार निजी अस्पताललाई ३ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो।

गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारी

आफ्नो व्यवसायभन्दा देश समस्या ठूलो भएकाले आपतका बेला कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिन निर्णय गरेको गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारीले बताउनु भयो। ‘अहिलेको मुख्य समस्या कोरोना महामारीसँग लड्नु हो’ अन्सारीले भने–‘देशभन्दा हाम्रो व्यवसाय ठूलो होइन् देशलाई संकटबाट पार लगाउनु हाम्रो पनि मुख्य दायित्व हो।’

निकै अघिदेखि नै आफूहरुले कोरोना उपचारका लागि गण्डक अस्पताल दिन तयार रहेका भनी सम्बन्धित व्यक्ति तथा निकायलाई मौखिक जानकारी दिँदै आएको अन्सारीको भनाइ छ। कोरोना अवधि भर निशुल्क सरकार लाइ दिने उनि भनेका छन्

नेकपा महानगर कमिटिको अध्यक्ष रहबर अन्सारी पुर्ब माओबादी केन्द्र बाट महानगर को प्रमुख मेयर को चुनाव मा लडेको व्यक्ति हुन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal