eNepal

अस्ट्रेलियामा कोभिड-१९ महामारीका कारण जुन महिनासम्म बेरोजगारी १० प्रतिशतसम्म पुग्ने अनुमान

अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अप्रील महिनामा मात्रै करिब ६ लाख मानिसले आफ्नो रोजगारी गुमाएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले बिहीबार यस्तो जानकारी दिएका हुन्। कोरोना भाइरसलाई सीमित गर्न लगाईएको प्रतिबन्धले हजारौं व्यवसायहरू बन्द हुन पुगे र धेरै मानिस यसबाट प्रभावित भएका छन्। 

यससँगै अस्ट्रेलियामा बेरोजगारी पाँच दशमलब २ प्रतिशतबाट बढेर ६ दशमलव २ प्रतिशतमा पुगेको छ । यद्यपि यो बेरोजगारी यसअघि अर्थशास्त्रीहरूले अनुमान गरेकोभन्दा कम हो । यसअघि अर्थशास्त्रीहरूले महामारीको कारण अस्ट्रेलियाको बेरोजगारी ८ दशमलव ३ प्रतिशतमा पुगेको छ । रोजगारीको हिसाबमा अन्य मुलुकको तुलनामा अस्ट्रेलियाको अवस्था केही राम्रो हो ।

सरकारले आगामी जुन महिनासम्म बेरोजगारी १० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । यो अवधिमा अर्थतन्त्रमा पनि १० प्रतिशतको गिरावट आउने सरकारको अनुमान छ ।
अस्ट्रेलियाको तथ्यांक विभागको रिपोर्ट अनुसार मार्च र अप्रिलको बीचमा पूर्ण-समय रोजगारी २२०,५०० र अंशकालिक रोजगार ३७३,८००० ले घटेको छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal