केही चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँबर, निकिता पौडेल, संचारकर्मी रवि लामिछाने, उत्सव रसाइलीलगायतले पार्टी गरेको भनिएको भिडीयो र तस्वीरहरू भाईरल भए पछि दिपकराज गिरीले त्यसको खण्डन गर्दै लेखे यस्तो स्टाटस ।
‘कुरा हो सोमबारको ,जति बेला काठमाडाैंमा लकडाउन केही खुकुलो भएको थियो । सडकमा मज्जाले गाडीहरू गुड्न थालेका थिए । अनि हामी चलचित्रकर्मीहरू अनुरागजीले वितरण गरेको एक राहत कार्यक्रममा सहभागी भयौं’ दीपकले अगाडि लेखेका छन् ‘ दिनभर भोकाएका थियौं, पसलहरू बन्द थिए । अत अनुरागजी कहाँ नै खाना खान गयौं, र विजीलाई मैले कल गरेँ उहाँ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडकभडक गर्यौं, न त्यो कुनै पार्टी नै थियो ।’
आज म लेख्दैछू … लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ , केहि फिल्मी पत्रकार साथिहरूलाइ!!!
समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ….
शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले
जबकि त्यों फोटो सोमबारको हो
तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो
तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है त?
कुरा हो सोमबारको
जति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ
दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत
अनुरागजी कॉहा नै खाना खान गर्यौ रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ
न त्यो कुनै पार्टी नै थियो..
जहां सम्म रबी लामिछाने जी को कुरा छ , उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो , अत: उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन
त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन,
एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ
मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ.. थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ
त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो
हामि पनि घर आयौ….मसला नभएको कथा चाहि यहि हो !!!
तैपनि हामि बाट एउटा गल्ति चाहि भयो
सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ .. “लखर लखर हिडेर मदिरा पार्टी गरेर ,नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ….. ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ….. जय नेपाल!!!

