नेपाली समुदाय COVID -19 आपतकालीन सहयोग समिति जापानको उपसमिति गठन र सहयोग वितरण सम्बन्धि जरूरी सूचना ।
राहत प्राप्त गर्ने व्यक्तिले यस समिति द्वारा बनाईएको सर्वेक्षण फारम भर्नु पर्नेछ ! राहत वितरण सम्बन्धि मापदण्ड भित्र परेका व्यक्तिहरु मात्र राहत प्राप्त गर्नेछन ।
राहत वितरण सम्बन्धि मापदण्ड:
१) शारीरिक अस्वस्थताका कारण काम छोड्नु परेका र बसोवास बिहिन व्यक्ति ।
२) बेरोजगार, पारिवारीक सहयोग नभएको र आर्थिक अभाव भएको व्यक्ति ।
३) जापान सरकारको मापदण्ड भित्र नपरी कुनैपनि राहत प्राप्त गर्न नसकी समस्यामा परेका व्यक्तिहरु ।
४) क्षेत्र बाट सहयोगको लागी आउने अनुरोध क्षेत्रमा बनेको उपसमिति अथवा क्षेत्र समन्वय समितिले पास गर्नु पर्नेछ
५) राहत उपलब्ध गराउने अन्तिम निर्णय यस समितिले गर्नेछ ।
६) COVID-19 को कारणले समस्यामा परेका व्यक्तिहरु प्राथमिकतामा पर्नेछन् ।
नोट : कृपया जापान जस्तो विकसित, सम्पन्न र मानवअधिकालाई पूर्णरुपमा पालना गर्ने देशमा रहेका कुनैपनी नागरीकहरुलाई खानपीनको समस्याछ भन्ने एनआरएनए जापानको धारणा हैन र हामि त्यो कारणले राहत अथवा सहयोग वितरण गर्न लागीएको हैन कहीकतै भाषागत समस्याका कारण अथवा कुनै व्यक्तिगत समस्याका कारण समस्यामा पर्ने नेपाली दाजुभाई दिदी बहिनी हरुलाई सहयोग गर्ने मात्रै उदेश्य रहेको जानकारी गराउछौँ।
धन्यवाद !
एनआरएनए जापान ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfKpnU04m7y7TpCYaOx9FiX-eNl09HFf-NRczAfGWOeU0lX3w/viewform


