eNepal

दुई लाख अस्ट्रेलियन डलरको “COVID-19″ एक्सपर्ट सहयोग कोष” स्थापना

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले COVID-19 को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई राहत सहयोग गर्ने हेतुले दुई लाख अस्ट्रेलियन डलरको कोभीड १९ एक्सपर्ट सहयोग कोष स्थापना गरेको छ।

अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न यस कोषले महत्वपुर्ण भुमीका खेल्नेछ। 

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रतिको दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर छुट्टाएको र अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।

पछिल्लो छ महिना यता अस्ट्रेलिया आएका बिद्यार्थीहरु सबै भन्दा बढि प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केहि सहज पुगाेस् भन्ने उद्देश्यले अस्ट्रेलीया बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिने बताएको छ । उक्त सहयोग आवश्यक हुने बिद्यार्थीहरूले फाउन्डेसनको तल उल्लेखित लिंकमा गएर आफ्नो रजीस्ट्रेसन गर्न सक्नु हुनेछ। 

https://eevs.co/covid19-assistance?fbclid=IwAR2K-C3Eyuu6cR0vJ_XCsEor3bc-FCL4UyWmduR4ibAYI5zeyNiBEMf3Mro

साथै, COVID-19 बाट प्रभावित बिद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा तलको ईमेलमा पत्राचार गर्न सक्नु हुनेछ।

[email protected]

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal