अस्ट्रेलीयन राजदुताबासले नेपाल एयरलाइन्ससँग आफ्ना नागरिकहरुलाई अस्ट्रेलीया ल्याउन नेपाली धोजाबाहक हवाईजहाजको तयारीको लागि अन्तिम कुराकानी भई रहेको जनाएको छ।
नेपाल एयरलाईन्सको बिमान बुधबार साँझ सिड्नीको लागि उड्ने बताईएको छ।
ईकोनोमी क्लासको लागि १८०० युएस डलर र बिजनेस क्लासको लागि २३०० युएस डलर रकम तय गरिएको पनि जानकारीमा जनाएको छ।
अस्ट्रेलीया आउन ईच्छुक व्यक्तिले BON Travel को साथ आफ्नो रुची दर्ता गर्नु पर्नेछ। त्ससपछि कसरी टिकट लिने सबै जानकारीको साथ ईमेल प्राप्त गर्ने जनाएको छ। बुकीङ भोली ३० मार्चबाट खुल्ला गरिने छ।
अस्ट्रेलियालीहरू जो यस उडान मार्फत अस्ट्रेलीया आउन चाहान्छन् उनीहरुले [email protected] मा सोझै ईमेल गर्न सक्ने छन्।
बुकिङ प्रबन्ध गरिरहेको बोन ट्राभलले सबै टिकटको ब्यबस्थापन गरेको छ। २२० सिट क्षमता रहेको यस उडानमा अहिले ५४ सिटहरु उपलव्ध रहेको पनि बताईएको छ।
यस अघि कतार एयरलाईन्स मार्फत दोहा हुँदै सिड्नी ल्याउने तयारी गरिएको नेपाल स्थित अस्ट्रेलीयन राजदुतावासले जानकारी गराएको थियो जसमा भाडा रकम ४ हजार अष्ट्रेलियन डलर प्रतिव्यक्ति पुगेपछि धरैले गुनासो गरेका थिए।
https://www.facebook.com/1092570300769953/posts/3516767398350219/?d=n

