कोरोना भाइरसको फैलावट रोक्नको लागि बनाईएको सामाजिक दूरीका नियमहरू उल्लङघन गर्ने भिक्टोरियनहरूले महङ्गो जरिवाना भोग्नु पर्ने भएको छ।
पुलिस मन्त्री लिसा नेभिलेका अनुसार यदि नियम पालना नगरे व्यक्तिले १६०० डलर भन्दा बढी र व्यवसायले करीव १०,००० डलर जरिवानाका भागीदार रहने छन्।
उनले भने यो नियम बृहत जमघट, १-दिनको आत्म-संगम, विवाह र अन्त्येष्टि जस्ता कार्यमा पनि लागु हुनेछ।
तर १.५ मिटरको दुरीमा उमिएका मानिसमा भने यो नियम लागु हुने छैन।
सकेसम्म यो जरिवानाको भागेदार कोही पनि नहुन् तर पुलिसलाई यस किसिमको शक्ति प्रदान गर्नु धेरै महत्त्वपूर्ण रहेको प्रिमीयर डेनीयल एन्ड्रीयुजले बताएका छन्।
गए राती भिक्टोरियामा कोरोना भाइरसका सङ्क्रमणको संख्या १११ जनाले बढेको छ र राज्यको कुल संख्या ६८५ पुगेको छ।
Photo: AAP

