प्रधानमन्त्री स्कट मोरिसनले मानिसहरुको भिडभाड हुने पब, क्लब, सिनेमा र क्यासिनो बन्द भएको घोषणा गरेर कोरोना भाइरसको विस्तार रोक्न कडा कदम चालेको बताएका छन्।
क्यानबेरामा आईतबार राती प्रेस सम्मेलनमा मोरिसनले मानिसको जमघट रोक्न केही ठाउँमा बन्द गर्ने घोषणा गरेका हुन्। सोमवार, २३ मार्चको अपरान्ह देखि लागुहुने गरि देश भरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र लगायतका ठाउँहरु सन्चालनमा रोक लगाईएको हो।
भिक्टोरियन सरकारले आगामी मङ्गलवार देखि राज्यका स्कूलहरु बिदा हुने बताएता पनि स्कट मोरिशनले न्यु साउथ वेल्स लगायतका राज्यहरुमा चाहिं त्यसो नहुने बताएका छन्।
रेस्टुरेन्ट र क्याफेले केबल टेक अवे मात्र सन्चालन गर्न पाउने छन्।
मोरीसनले भनेका छन् समुहमा नबसौ, बन्दको सबैले पालन गरौ भनेर कडा नियम भन्दा भन्दै सप्तान्तमा समुन्द्री किनारामा भेला भएको दृश्यले यस्तो नियम बनाएको बताएका छन्।
“जब हामी सबैले सही काम गर्दैनौं, तब यसले अरूलाई वास्तविक प्रभाव पार्छ,” उनले भने।
Photo: istock photo

