eNepal

भिक्टोरीयामा कोविड १९ का थप ६८ केस

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सट्टनका अनुसार कोविड १९ को ६७ वटा नयाँ केसहरु गरेर २९६ केस पुष्टि भइसकेका छन्। 

नयाँ केसहरुमा ४२ पुरुष र २५ महिला रहेका छन् जसमा टिन देखी असी बर्षका उमेर सम्मका रहेका छन्।

२९६ केसमा २५६ भिक्टोरीयाबाट र २५ रिजनल भिक्टोरीयाबाट देखीएको छ। 

रिजनल भिक्टोरीया अन्तर्गत ग्रेटर जिलोङबाट ८, बालारातबाट ३, सर्फ कोस्टबाट २, वारन्नम्बूलबाट २, म्यासेडोन रेन्जेज र लाट्रोबबाट २, यारियाम्बियाक, गन्नावर्रा, हेपबर्न, मुराबूल, मिशेल, मिल्दुरा र ग्रेटर शेपार्टन सबै एक केस रेकर्ड भएको छ।

छ जना व्यक्तिको अस्पतालमा सुधार भई रहेको छ भने ७० जनाको निको भई सकेको छ। त्यस्तै हाल सम्म २२९०० भन्दा बढीले कोरोना भाईरस परिक्षण गरिसकेका छन्।

स्वास्थ्य सेवा विभागले यी सबै केसको निरीक्षण गरि रहेको र बाहिरबाट आएका सबैले चौध दिन सेल्फ आईसोलेसनमा बस्नु पर्ने छ।

सरकारले बाहिरबाट आउने सबैलाई चौध दिन सेल्फ आईसोलेसनमा बस्नै पर्ने कडा नियम बनाएको छ। इमर्जेन्सीको बेला निर्देशनको  पालना नगरे व्यक्तिले $ २०००० सम्म जरिवाना र कम्पनीहरूले १००,००० सम्म सम्म जरिवाना तिर्नु पर्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal