eNepal

सामाजिक दूरी कायम गर्दै सिर्जनशील भएर ५ हजार डलर जित्ने पो हो की!!

अहिले कोरोना सन्त्रासका कारण विश्वभर दुःख छाएको छ। विश्वका धेरै देशका मानिसको अनुहारबाट खुसी छिनिएको छ।यसो भन्दैमा तपाईं एक्लै घरमा चुपचाप बस्नुपर्छ भन्ने छैन । घरमा बसेर पनि तपाईं सिर्जनशील हुनुसक्नुहुन्छ ।

 यो बेला एक्लै घरमा बसि रहँदा तपाईको दिमागमा सिर्जनशील कुराहरुको आकृती बुनी रहेको हुन्छ। घरकै बुट्टान या खाली सडकले गहिरो अर्थदिने नक्सा कुदी रहको हुन्छ। तपाईको यही सिर्जनशीलताको कारण तपाईंले ५ हजार डलरसम्म (upto AU$ 5000) जित्न पनि सक्नुहुन्छ भने किन सिर्जनशील नबन्ने।

साथी अस्ट्रेलीयाको आयोजनामा अस्ट्रेलीयाको नेपाली डायस्पोरामा फर्स्ट नेप्लिज फोटो कन्टेस्टमा सहभागिता जनाउन  ४ अप्रीलसम्ममा समय तोकिएको छ। त्यो समय भित्र आफ्नो फोटो पठाई सकेर तपाई यो प्रतीस्पर्धामा सहभागीता जनाउन सक्नु हुनेछ।कुनैपनि माध्यबाट खिचीएका फोटोहरुले पनि यो प्रतीस्पर्धामा भाग लिन पाउने छन्।

यस प्रतीयोगीतामा फोटोग्राफरले मात्र सहभागीता जनाउने हो कि भन्ने भ्रम छ भने त्यो पनि होईन। यसमा जो कोहीले सहभागीता जनाउन पाउनेछन्। अझ प्राथमिकता त बिधार्थीहरुलाई दिएको छ ताकि रकम बिधार्थीले लैजान सकुन् आफ्नो शृजना दुनीयाँमा चिनाउन सकुन।

उत्कृष्ट ठहर भएका २५ तस्बिरहरूका साथै नेपालका १५ उत्कृस्ठ व्यावसायिक फोटोग्राफरहरूका एक-एकवटा गरी कुल ४० वटा फोटोहरू अस्ट्रेलियाका ४ राज्यहरूमा प्रदर्शनी पनि गरिने छन् भने ती उत्कृस्ट फोटोहरुलाई सङ्ग्रहीत गरेर एउटा एउटा पुस्तकपनि निकालिने आयोजक साथी अस्ट्रेलीयाका अरुण चित्रकारले बताउनु भएको छ। सहभागीता उत्साहजनक रहेकोले यो अबसरबाट कोही पनि नछुटुन भनेर उहाँले पुनः एकचोटी बिशेष कारणले फोटो पठाउन छुटाउनु भएको हरुको लागि फोटो पठाउन आग्रह गर्दै अष्ट्रेलियाव्यापी पहिलो नेपाली फोटो कन्टेस्टमा सहभागी बन्न आग्रह गर्नु भएको छ । थप जानकारी तलको लिङ्कमा

https://sathiaustralia.com/

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal