कोरोना भाइरस प्रकोपका कारण अष्ट्रेलियाभरका रेस्टुरेन्टहरू, पबहरू र नाइटक्लबहरू आइतवारदेखि एक महिनाको लागि बन्द गर्न बाध्य हुन सक्दछन्, कोलिन फासनिजले खुलासा गरेका छन्, फासनिज अस्ट्रेलीयाको खाना सम्बन्धीको प्रख्यात कार्यक्रम माई किचन रुलका निर्णायक हुन्।
माई किचेन रुल्स स्टारले भनेका छन् कि यस्तो घातक भाइरसको फैलावट रोक्न कडा कारबाही गरिनेछ। हाल सम्म अस्ट्रेलियामा ४०७ जनामा संक्रमित भइसकेका छन् र यो बढ्दो क्रममा रहेको छ।
सेलिब्रेटी शेफद्वारा सन्चालित सिड्नीमा दुई रेष्टुरेन्टहरू सुरी हिल्सको फोरट्रिनको र बैंकसिया होटेल दुबै आजबाट बन्द हुँदैछ भने न्यु योर्क शहर र आयरल्याण्डमा पनि यस्तै कारबाही भएको छ।
सरकारले पाँचसय भन्दा बढि व्यक्तिहरूसँगको जमघटमा प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ जसमा चाडपर्व र कन्सर्टहरू पर्छन्।
Photo source: Best Restaurant of Australia

