अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्र (ANMC) को यहि मार्च २८ र २९ मा हुने भनिएको साधारण साभा कोरोना भाईरसको महामारीको कारण तत्कालका लागि स्थगन भएको छ। चुनाबको लागि तयारी अवस्थामा रहेको र चनाब लगाएत साधारण सभाको लागि भेन्यु पनि तय भई सकेको थियो।
कोरोना भाईरसले विश्वनै आतङ्कित भएको र विश्वका करिब १२० रास्ट्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएको अवस्थामा साधारण सभा र चुनाब गर्नु उपयुक्त नभएकोले अर्को सुचना नआईन्जेल सम्मको लागि स्थगन गरिएको जनाएको छ।
एएनएमसीका कार्यकारी समितीहरु बिच भएको अनलाईन बैठकले सरकारले तत्कालका लागि ५०० भन्दा बढिको भिडभाँड गर्न निषेध गरेको निर्णयलाई पालना गर्दै निषेध समाप्त हुने बित्तिकै साधारण सभाको लागि उपयुक्त मितिहरू घोषणा गर्ने बताएको छ।
अनलाईन बसेको बैठकले तत्काल गर्न पर्ने जरुरी कामहरु नरोक्ने र एजीएम नभएसम्म पूर्ण क्षमतामा हालको कार्यकारी सदस्यहरुबाट काम गर्ने निर्णय गरेको छ ANMC का सचिब नारायण काफ्लेले बताउनु भएको छ।

