अष्ट्रेलीया आउने फिर्ती यात्रुका साथै अष्ट्रेलियालीहरु सबैले आज रातीबाट चौध दिन अलग्गै बस्नु पर्ने कडा नियम लागु गरिएको छ।
संघीय सरकारले यो नियम आज रातीबाट लागु हुँदैछ। कोरोना भाइरसको सङ्क्रमणको ब्यवस्थापनाको यो रणनीतिबाट विदेशी बन्दरगाहका सबै पानीजहाजहरु समेत अष्ट्रेलियाबाट प्रतिबन्धित हुनेछ।
यो नियम आज रातीबाट विमान वा जहाजबाट अष्ट्रेलिया पुग्ने सबै मानिसहरूलाई लागु हुँदैछ।
बिश्वका धेरै देशहरूमा भाइरसको सङ्क्रमण रहेको र यसलाई रोक्न अस्ट्रेलीयन सरकारले यो कडा नियम लागु गरेको हो।
संघीय सरकारको परिवर्तीत नियमलाई बिभीन्न मार्ग प्रयोग गरेर आउने यात्रीले आफूलाई अलग्गै बस्न अस्वीकार गरे उनीहरूलाई अपराधी ठहर गर्दै राज्यले कानुन अनुरुप दण्ड र सजाय दिने पनि जनाएको छ।

