Australia Nepal Public Link (ANPL) ले बिशेष गरेर भिक्टोरीयामा बसोबास गर्ने बिधार्थी भाई बहिनीहरुलाई ध्यानमा राख्दै भिक्टोरीयन सरकारबाट भर्खरै परिबर्तन भएको सडक सम्बन्धी नियम र सवारी चालक अनुमती पत्रको लागि पाँच सैद्धान्तीक र तीन व्याबहारीक तालीम दिने भएको छ।
एक्काईस बर्ष माथिका चालीस जनाको लागि तालीम दिने जनाए पनि यस तालीमको लागि ८२ जनाले रुची देखाउनु भएको कारण सबैलाई ब्यबस्थित तरिकाबाट तालीम दिलाउन आफुलाई पाएक पर्ने ठाउँ, मिती, समय र महिना सम्बन्धी जानकारी तल दिएको लिङ्कमा क्लिक गरेर दिन सक्नु हुनेछ।
ANPLले सन् २०१४ देखी मानसिक रोग रोकथाम, मानसिक स्वास्थ्य सम्बन्धी जागरुकताको आवाज उठाउँदै आएको छ। त्यस्तै गरेर मानसिक स्वास्थ्य प्राथमिक उपचार तालीम लगाएत विभिन्न स्थानमा सडक र पैदल यात्री सुरक्षा जागरूकता कार्यक्रम पनि गर्दै आएको छ।
मेल्बोर्न लगाएत अस्ट्रेलीयाका अन्य स्टेटहरुमा ANPL ले पानी सुरक्षा र घर, कार सुरक्षा र बीमा जागरूकता कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसके छ भने गएको महिना नेपाली मूलका एक मात्र सहजकर्ता भरत नेपालबाट मेल्बोर्न र जिलोङ्मा निशुल्क दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचार तालीम सम्पन्न गरी सकेको छ।
Australia Nepal Public Link का अध्यक्ष निराजन गौलीले आगामी अप्रीलको अन्त्यमा १० जनालाई २ दिने Bike Ed training दिने कार्यक्रम रहेको र सो को बृस्तित जानकारी पछि उपलब्ध गराउँने बताउनु भएको छ।

