संसार भरि कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्री पिटर डटनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।
उनीसँगै अस्ट्रेलियामा २ सय जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अष्ट्रेलियामा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने घोषणा भइसकेको छ ।कोरोना भाइरस हालसम्म ११८ मुलुक एवं भूभागहरुमा फैलिसकेको छ ।
Photo Source: AAP

