eNepal

पाको फेस्टिभल मार्फत यसरी नेपाललाई चिनाउँदै जिलोङको नेपाली समुदाए

गएको २९ फेबुअरी शनिबारका दिन भिक्टोरीयाको जिलोङमा चालीस भिन्न समुदाएको कला र सँस्कृतीहरु सम्मिलित पाको फिस्टा सम्पन्न भएको छ। ३८ औं पाको फेस्टीभललाई जिलोङको बहुसाँस्कृतीक समुदायमा निकै महत्वको साथ हेरिने गरिन्छ।

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि जिलोङका नेपाली समुदाएले यस फेस्टिभलमा सहभागीता जनाएका छन्। नेपाल र नेपालीको कला, साँस्कृतीक विविधता, मेलमिलाप अनि सामंजस्यलाई अन्तररास्ट्रीय स्तरमा चिनाउन जिलोङ नेप्लिज एसोसियसनले गएको बर्ष जस्तै यस बर्ष पनि बिभीन्न जातजातीका झाँकी, नेपाली खाना लगाएत अन्य बिवीध बस्तुहरुको प्रदर्शन गरेको थियो।

यस फेस्टिभलमा हजारौको संख्यामा स्थानिय र सामुदायिक सँघ सँस्था देखी स्कुल, कलाकार, व्यापार र व्यवसायीहरुले सहभागीता जनाएका थिए। यसै फेस्टिभलको लागि जिलोङको पार्किङटन स्ट्रीट सवारी आवतजावतको लागि बन्दनै गरिएको थियो। 

दसौं हजारको उपस्थितीमा सम्पन्न भएको पाको फेस्टिभलमा जिलोङ नेपाली एशोसियशनका तर्फबाट निशुल्क सादा खाजा र पेयको व्यबस्था गरिएको थियो भने किराँत सोसाईटी अफ भिक्टोरीयाले च्याब्रुङको साथमा साकेला नाँच प्रस्तुत गर्दै परेडमा सामेल भएको थियो।

गएका बर्षहरु जस्तै यस पाली पनि भव्य  बनाउन साथ दिने पाको फेस्टीभल व्यबस्थापन समिती,  किराँत सोसाईटी अफ भिक्टोरीया, सेफ्टी वार्डेन क्षितीज चन्द्र राई, परेड सुपरभाईजर तर्क राज भट्ट, पाहुना सम्योजक शितु श्रेष्ठ र नविन नायक, लोजिस्टीक संयोजक गणेश आचार्य र मिडीया संयोजक नगेन्द्र अवस्थी लगाएत  सम्पुर्ण सहभागी नेपाली समुदाय र स्वमसेवकहरुलाई जिलोङ नेप्लीज एसोसियसनका अध्यक्ष निरज करणजितले धन्यबाद दिदै आगामी दिनमा पनि उही सहयोग र साथको अपेक्षा रहेको जानकारी गराउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal