eNepal

दिदीबहिनी समाज वेस्ट अभिभावक समुहले वेरेवीमा बा आमालाई होली खेलाउँदै

अस्ट्रेलीया घुम्न या अन्य बिभीन्न प्रायोजनमा आउनु भएका अभिभावकहरुलाई भेटघाट गराउने, सुखदुखका कुरा साटासाट गर्ने बाताबरण बनाउने उद्धेश्यका साथ दिदीबहिनी समाज भिक्टोरीयाको “Happy Women Happy Family” योजना अन्तर्गत दिदीबहिनी समाज भिक्टोरीयाले मेल्बोर्नको पश्चिममा अभिभावक हब बनाएको छ। 

अभिभावकहरुबाटनै पाँच जनाको कार्य समिती बनाएर उहाँहरुलाई एकै साथ भेटघाट गराएर रमाईलो गराउने अभिप्राएका साथ खोलीएको यो समुहले आउदै गरेको होलीको अबसर पारेर होली कार्यक्रम आयोजना गर्न लागेको छ।

वेरेबीको रिभरवाक भिलेज पार्कमा ८ मार्चमा हुने यो रमाईलो कार्यक्रममा सबै मेल्बोर्नमा बस्ने छोरा छोरीले आफ्नो अभिभावकलाई सामेल गराएर रमाईलो अनुभुती दिलाउन मेल्वोर्न वेस्ट युनिटका कोअडीनेटर द्वय स्मृती घिमीरे र रोशनी श्रेष्ठको आग्रह गर्नु भएको छ। साथै पाएक परे सम्म खाना र रङ आफै ल्याउ समेत आग्रह गरिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal