eNepal

भिक्टोरीयाको मधेशी समुदाएले यस बर्षको फागुवा (होली) भव्य रुपमा मनाउँदै

भिक्टोरीयाको मधेसी समुदाएले  हरेक बर्ष मनाउँदै आएको होली यानिकी फागुवा आगामी ७ मार्च दिउँसो ११ देखी ३ बजे सम्म मेल्बोर्नको कोबर्ग लेक रिजर्ब पार्कमा बिशेष कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको छ। यस बर्षको स्लोगन “Celebrate Multicultural Harmony” राखिएको छ। गएको सालको स्लोगन भने “Celebrate Friendship” राखिएको थियो।

भिक्टोरीयन मल्टीकल्चरल कमीसनको सहयोगमा मनाउन लागिएको फागुवामा निशुल्क रङको ब्यबस्था गरिएको छ भने बार्बेक्यु र डिजेको साथमा यस पर्वलाई हर्षोस्लासका साथ मनाउन मधेसी समुदाय लागि परेको छ।

बिगतका बर्षहरुमा जस्तो यो बर्षपनि अमूर्त रुपमा फेडरेल र लोकल सरकारका पदाधिकारीको उपस्थिती रहने छ भने नेपालका तर्फबाट भिक्टोरीया राज्यका लागि नेपाली अबैतनीक महाबाणिज्य राजदूत चन्द्र योण्जन लगाएत अन्य बिभीन्न नेपाली सँघसँस्थाका पदाधिकारीहरुको उपस्थिती रहनेछ।

यस पर्वलाई भव्य रुपमा मनाउन सन्जीव कानु र धिरेन्द्र यादव सहित भिक्टोरीयाको मधेसी समुदाए (MCV)का उपाध्यक्ष गोपाल शाहको संयोजकत्वमा बिशेष कार्य टोली तय गरिएको छ।

कुनै औपचारिक कार्यक्रम नभईकन नितान्त पारिवारिक कार्यक्रम रहेकोले भिक्टोरीया बासी सम्पुर्ण नेपालीहरुलाई रङहरुको पर्व होली रमाईलोसँग मनाउन उपस्थितीको लागि मधेसी समुदाएले सबैलाई आग्रह गरेको छ। यसको लागि मधेसी समुदायको अफिसीयल पेजमा ईभेन्टको कार्यक्रममा गएर RSVP गर्देर केटरीङको सजिलो बनाउन समेत आग्रह गरिएको छ। लिङ्कको लागि यहाँ क्लिक गर्नु होला।

https://facebook.com/events/s/holi-celebration-in-melbourne-/957941014603398/?ti=icl

नेपालीहरु स्थाई वा अस्थाई रुपमा बिदेश बस्ने क्रम बढ्दो छ। बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाढ पर्वको बारे थाहा दिनु नितान्त आवस्यक रहेको छ। एक बिशेष  समुदायमा मात्र सिमीत नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउनु पनि यस्ता पर्वले प्रमुख भुमीका खेलेको हुन्छ। मानिस र रङ्ग बिचको सम्बन्ध अनि रङ्गले जिवनमा पार्ने प्रभावसँग यो पर्वलाई हेरीने गरिन्छ।

यस कार्यक्रमलाई डाँफे कन्सल्टीङ एजुकेसन माईग्रेसनले मुख्य प्रायोजन गरेको छ भने स्पाईस मिक्स, फनफनी टुर्स, नेपा रिमोभल्सले सहयोग गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal