नेप्लिज एसोसीएसन अफ भिक्टोरीयाले हरेक बर्ष आयोजना गर्दै आएको न्याभकप क्रिकेट प्रतीयोगिताको १५ औं सँस्करण गएको आईतबार सम्पन्न भएको छ। फाइनल खेलमा रोयल राइनोज क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै द हिमालय क्लबले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। द हिमालयन क्लवको यो पाँचौ जीत हो।
आयोजक सँस्था न्याभका उपाध्यक्ष सन्तोष बास्ताकोटीका अनुसार राइनोजले २० ओभर ८ विकेटमा दिएको १ सय २८ रनको लक्ष्य हिमालयले १९ ओभर ५ विकेटमा १२९ रन ल्याएर उपाधि हात पार्न सफल भएको थियो। प्रतीस्पर्धात्मक खेलमा राइनोजका निरज श्रेष्ठ म्यान अफ द सिरिज भए भने, हिमालयन क्लवका केशव पन्त बेस्ट बलर बने।
सगरमाथा क्रिकेट क्लबका आशिष जिसी उत्कृष्ठ ब्याट्सम्यान, सगरमाथा क्रिकेट क्लवकै सुशन गुरुङ उत्कृष्ठ विकेटकिपर साथै राइनोका सन्जोग दाहाल बेस्ट फ़िल्डर चुनिन सफल भए। फाइनल खेलको प्लेयर अफ द म्याच द हिमालयन क्लवका मनिष खकुरेल चुनिए।

