शेर्पा एसोसीएसन अफ भिक्टोरीयाले ग्याल्पो ल्होसार २१४७ को अवसर पारेर यहि २९ फ्रेवअरी शनीबारको दिन मेल्बोर्नको ईस्टोनियन हाउसमा एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। वैधिक पुजा, परम्परागत शेर्पा समुदाएका झाँकी लगाएत नृत्यहरुको साथमा अन्य धेरै रमाईला साँस्कृतिक कार्यक्रमका साथमा यो पर्व मनाउन लागिएको हो।
एक जाती बिशेषको मात्र कार्यक्रम नभएर बहुसाँस्कृतीक देशमा बसोबास गर्दै गर्दा यस्ता चाडबाढहरु सबैले सँगै मनाउनु पर्छ र यस्तो पर्वको बारे दोश्रो पुस्तालाई समेत थाहा दिनु अपरिहार्य छ भन्दै सँस्थाका सचीव पेम्बा शेर्पाले सबैलाई उपस्थितीको लागि आग्रह गर्नु भएको छ।
सो कार्यक्रममा भिक्टोरीयन मल्टीकल्चरल कमिसनका चियरपर्सन Viviene Nugyen ,भिक्टोरीयन मल्टीकल्चरल कमिसनका कमिस्नर Bwe Thay, डिपार्टमेन्ट अफ होम अफिएर्सबाट भिक्टोरीयाका लागि कम्युनिटी लाएजन अफीसर्स Kelly Afairs, नेपालको लागि भिक्टोरीया राज्यकालागि नेपाली अबैतनीक महावाणिज्य राजदूत चन्द्र योन्जन, थोमस्टाउनका लागि स्टेट पार्लीयामेन्ट अफ भिक्टोरीयाका सदस्य Brownyn Halfpenny, मोरलैण्ड सिटी काउन्सिलका मेयर काउन्सिलर Lambros Tapinos, हेल्प हिमालयन फाउन्डेसनका स्थापक पर्शु शर्मा लुईटेल लगाएत अन्य बिभीन्न सँघ सँस्थाका सदस्यहरुको उपस्थिती रहने छ।
बिशेषत: नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाएले मनाउने ग्याल्पो ल्होसार तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदाएले साझा पर्वको रुपमा मनाउने गरिन्छ ।
ल्होसारमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ जसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने चलन रहेको छ। गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पा समूदायमा रहेको छ।
धर्म, कला, सँस्कृती अनि चाडबाडका धनी हामी नेपालीका असङ्ख्य चाडबाडहरु मध्य शेर्पा जातीले मनाउने लोसार चाडको आफ्नै मुल्य र मान्यता रहेको छ। हरेक चाडलाई हामी सबैले उत्तिकै मात्रामा प्राथमिकता दिने गरेका छौ। नेपाल छाडेर बिदेश लागे सँगै हामीले हाम्रो चाडबाढलाई पनि सँगै साथ लिएर आयौ। आज हामी सँसारको जुन कुनामा रहे पनि हामी हाम्रो चाड पर्वलाई उत्तीकै सम्मानका साथ मनाउने गर्छौ।

