दिदीबहिनी समाज भिक्टोरीयाको “Happy Women Happy Family” योजना अन्तर्गत मेल्बोर्न पश्चिममा पनि अब बिभीन्न रमाईला कार्यक्रमहरु आयोजना हुने भएका छन्।दिदी बहिनी समाज भिक्टोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, दिदीबहिनी समाज भिक्टोरीया, मेल्वोर्न वेस्ट युनिट कोअडीनेटर द्वय स्मृती घिमीरे र रोशनी श्रेष्ठको संयोजकत्वमा भएको आजको कार्यक्रमबाट पाँच जनाको कार्य समिती गठन गरिएको छ।
बिशेषत: नेपालबाट घम्न, अन्य बिभीन्न प्रायोजनका लागि आउनु भएका अभिभावकहरुलाई भेटघाट गराउने वातावरण बनाउन सो कार्य समिती गठन गरिएको हो। उक्त समितीमा हाललाई पाँच जनाको समुह तय गरिएको छ जसले समुदायमा मध्यस्तकर्ताको भुमिका खेल्नु हुनेछ। समिती गठन गर्नै पर्ने भएकोले मात्र सो समिती गठन गरिएको हो तर यस योजनामा सबैले सबै ठाउँबाट सहभागीता जनाउन सक्नु हुनेछ।घर भित्र बसी रहँदा एक्लो महसुस हुने भएकोले कम्तीमा हप्ताको एकदिन नितान्त रमाईलो झमघट गराउने उद्देश्यका साथ सो कार्यक्रमलाई अगाडी ल्याएको दिदीबहिनी समाजकी उपाध्यक्ष प्रभा श्रेस्ठले बताउनु भयो। दिदीबहिनी समाजको गठन कसरी भयो भन्ने बारे सङ्क्षिप्त जानकारी दिनु हुँदै यस्ता कार्यक्रमहरु अगाडी ल्याउँदा एक अर्का बिचको समस्याहरु,खुसीहरु साटासाट गर्न सजिलो हुने बताउनु भयो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै समाजकी सक्रीय सदस्य रोशनी श्रेस्ठले यस्तो सामाजीक कार्यमा आफु समिलीत हुन पाउँदा खुसी भएको जानकारी गराउनु भयो। नेपालबाट बा आमा घुम्न आउँदै गर्दा जिवनका यतिका बर्षको अनुभवहरु चाहे कला होस् या सँस्कृती होस्, साहित्य होस् या गीत सङ्गीतमा होस् यस्ता अनुभवहरु साटासाट गर्ने आफु पछिको दोश्रो पुस्तालाई हस्तान्तरण गर्ने फलैंचाको रुपमा यो कार्यक्रम ल्याएको कुरा व्यक्त गर्नु भयो।
त्यस्तै गरेर समिती गठन गर्नुको मुख्य उद्देश्य पनि भोली बिभीन्न कार्यक्रमहरु गर्नका लागि स्थानिय काउन्सीलबाट आर्थिक सहयोग लिनलाई पनि एउटा निश्चीत समुह चाहिने हुँदा उक्त समित गठन गरिएको बताउनु भयो।
दिदी बहिनी समाजकी कृयाशिल सदस्य स्मृती पोखरेलले मेल्बोर्न पश्चिममा बा आमाहरुको लागि केही रमाईला कार्यक्रम ल्याउन सकिन्छ कि भन्दै यो कार्यक्रम गर्न लागिएको जानकारी गराउँदै सबै उपस्थित अभिवावकहरुलाई सहभागीता जनाईदिनु भएकोमा धन्यबाद दिदै आफुले चिनेका आफ्नो घर वरिपरी रहेका सवैलाई यस कार्यक्रमको बारे जानकारी गराउन अनुरोध गर्नु भयो।
आज बनेको प्राम्भिक कमिटीमा बाबुराम न्यौपाने, सर्वदा घिमीरे, सरस्वती खनाल पौडेल, छाँयादेवी रिजाल र श्याम देवकोटा सहितको पाँच सदस्य कमिटी गठन भएको छ।
रिभरवर्क पार्क वेरेवीमा भएको उक्त कार्यक्रममा उपस्थिती सबैले आफैले आफ्नो परिचय दिनुभएको थियो भने अभिवावकहरुको लागि यस्तो रमाईलो कार्यक्रम गर्न लागेकोमा उपस्थित सबै अभिभावकहरुले दिदी बहिनी समाज भिक्टोरीयालाई धन्यबादका साथै कृतज्ञ्ता व्यक्त गर्नु भएको थियो।


आज बनेको प्राम्भिक कमिटीमा बाबुराम न्यौपाने, सर्वदा घिमीरे, सरस्वती खनाल पौडेल, छाँयादेवी रिजाल र श्याम देवकोटा सहितको पाँच सदस्यहरु


