eNepal

ईनास भिक्टोरीयाले गर्यो नेपाली लोक कलाकारहरुको सम्मान

अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) भिक्टोरीयाले हिजो आयोजना भएको दुख सुख साँझका लागि नेपाल लगाएत अस्ट्रेलीयाका बिभीन्न राज्यबाट आउनु भएका कलाकारहरुलाई विशेष सम्मान गरेको छ। ईनास भिक्टोरीयाका अध्यक्ष गौतम लामिछाने, ईनास ओसिनीया कोअडीनेटर सुशील चालिसे, उपाध्यक्ष द्वय पार्वती पहारी र अनु पाण्डेले सँयुक्त रुपमा खादा लगाएर कलाकारहरुको सम्मान गर्नु भएको थियो। 

नेप्को ईन्टर्टेन्मेन्ट्सको आयोजनामा एईसी माईग्रेसन एण्ड एजुकेसनको प्रस्तुती रहेको सुख दुख साँझका लागी नेपालबाट लोक कलाकारहरु सुनिता दुलाल,बिजय लामा,शिशिर भन्डारी,अर्जुन सुनाम सहित सिड्नीमा बसोबास गर्दै आउनु भएका गायक तथा मोडल  नरेश रेग्मी, बिजय थापा लगाएत मेल्बर्नमा रहनु भएका लोकदोहोरी गायिका उमा गिरी, पुर्ण परियार,दिनेश सुनार र आभऋती भुषाललाई सम्मान गरेको थियो।

ईनास भिक्टोरीयाका अध्यक्ष गौतम लामिछानेले प्रवासको व्यस्त जिवनशैलीबाट थोरै बचेको समयलाई नेपाली लोक गीत सङ्गीतको जगेर्नामा सदैव दत्तचित्त भएर हात फैलाउनु भएका आयोजक नेप्को ईन्टर्टेन्मेन्ट्सका अध्यक्ष एवम् लोक तथा दोहोरी गायक बिराज थापा लगाएत सम्पुर्ण टीमलाई धन्यबाद दिदै यसरी प्रवासमा नेपाली कलाकारहरुलाई सम्मान गर्न पाउँदा ईनास भिक्टोरीया परिवार खुसी भएको कुरा बताउनु भयो। 

साथ साथै ईनास भिक्टोरीयाको तर्फबाट नयाँ नयाँ न्युज नेपाल कार्यक्रमका प्रस्तोता एवम् कलाकार तथा पछिल्लो समय सामाजिक कार्यमा हात फैलाउँदै आउनु भएका समाजिक अभियन्ता शिशीर भण्डारीले गर्दै आउनु भएको दुखी पिडीतहरुको सहोगार्थ दुई सय पचहत्तर डलर सहयोग गरेको कुरा व्यक्त गर्नु भयो।

कार्यक्रम साईप्रस कम्युनिटी हलमा भएको थियो भने कार्यक्रमा प्रत्यक्ष लोकगीत सङ्गीतका प्रस्तुतीहरु रहेका थिए। ईनास भिक्टोरीयाका सदस्य कुमार महर्जन र प्रबक्ता मनोज पौड्यालले बाध्यबाधनमा सहयोग गरेका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal