छोरा छोरीको ग्राजुएसन्, नातीनातीको रेखदेख होस् या घुमघाम नेपालबाट बाआमा अस्ट्रेलीया आउने क्रम दिनादुन बढ्दो क्रममा रहेको छ। ईच्छा भए बाआमा चाहे घुम्न आउन् या अन्य प्रायोजनको लागि रमाईलो गर्नलाई, भेटघाट गर्नलाई, दुख सुखका कुरा साटासाट गर्नलाई सन्सारको जहाँ रहे पनि केहीले छेक्दैन भन्ने ज्वोलन्त उधाहरणको रुपमा हामीले मेल्बोर्नको उत्तरमा रहेको ग्लेनरोयका नेपाली समुदाएलाई लिन सक्छौ।
ग्लेनरोयमा अवस्थित कुक रिजर्भ पार्कमा बिगत तिन बर्ष देखी नेपालीहरुको बाक्लो बसोबास हुँदै आएको ग्लेनरोय, ओकपार्क, ब्रोडमिडोज लगाएतका आसपासका क्षेत्रका बाआमाहरूलाई भेटघाट गराउने थलोको रुपमा चिरपरिचित रहेको छ जसलाई उहाँहरुलेनै मिलन पार्क नाम दिनु भएको छ। यो पार्क धेरै बाआमाको भेटघाट गराउने थलो मात्र बनेको छैन दुख सुख साटासाट गर्ने देखि नव आगन्तक पाहुनाहरुलाई स्वागत र भिषा सकिएर वा अन्य कारणले आफ्नो देश फर्किन लाग्नु भएका बाआमालाई बिधाईको कार्यक्रम पनि हुँदै आएको छ।
आज मात्रै करिव एकसय पच्चीस आमा बुवाको उपस्थितीमा सामुहिक रुपमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी वर्त समापन भएको छ। कथा वाचनसँगै भजन गाउँदै सामुहिक फोटो खिचेर बाआमाले रमाईलो गरेका थिए। यसरी बिरानो देशमा नेपालका चार दिशाबाट आएर भेटघाट गर्न पाउँदा सबैको मुहार हर्षीत देखिन्थ्यो।
मिलन पार्कमा हरेक चाडबाढलाई बिशेष महत्वका साथ बाआमाहरुले मनाउँदै आउनु भएको छ।
हरेक हप्ता सोही ठाउँमा अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटीले बिगत केही महिना देखी ताईचीको साधारण व्यायाम समेत गराउँदै आएको छ।साथै केही हप्ता अगाडी मात्रै मेट्रोपोलीटन फाईर एण्ड एमर्जेन्सी सर्भिस बोर्डसँगको संयुक्त प्रयासमा फाएर सुरक्षा सम्बन्धी एकदिने तालीम पनि दिएको थियो।
यस कार्यक्रमलाई सफल बनाउन नेप्लिज सिनीयर सिटीजन सोसाईटीका जागरुक समाजसेवी द्वय सचीव सुजता श्रेष्ठ र कोषाध्यक्ष रीता पन्तले मुख्य भुमीका खेल्नु भएको छ।


