eNepal

मेल्बोर्नको क्रेगीवन पुस्तकालयमा अव नेपाली भाषाका किताबहरु पढ्न पाईने

पछिल्ला बर्ष अस्ट्रेलीयालाई आफ्नो दोश्रो घर सम्झेर स्थाई रुपमै बसोबास गर्ने क्रम ह्वात्तै बढेको छ। बसाईको क्रमसँगै यतै जन्मेर हुर्किदै गरेको दोश्रो पुस्ता हुन् वा नेपालबाट आएका आफ्ना सन्तान हुन् उनीहरुमा आफ्नो मौलीक भाषा, कला, सँस्कृती कतै बिर्सिन्छन् कि भन्ने डर पनि अभिभावकहरुमा बढ्दै गएको देखिन्छ। कामको व्यस्तता अनि छोरा छोरीहरुलाई दिन पर्ने समय त्यति पर्याप्त नहुँदा छोराछोरीले कतै नेपाली भाषा बोल्नैपो बिर्सेलान कि, अक्षर लेख्नैपो नजान्ने हुन् कि भन्ने त्राहीमा छन् अभिभावक। 

यहि डरलाई मध्यनजर लगाएर कतै न्याभको सहकार्यमा त कतै अभिभावकहरुको आफ्नै पहलमा पछिल्ला बर्षहरुमा मेल्बोर्नका सबै भागलाई समेट्दै नेपाली भाषाका पाठशालाहरु सन्चालनमा आएका छन्। 

यसैको निरन्तरता स्वरुप अनि अक्सर बिधार्थी छोरा छोरीहरुले समय व्यतित गर्न रुचाउने पुस्तकालयहरुमा पनि स्थानिय तहसँगको सहकार्यमा नेपाली किताबको छुट्टै स्थान छुट्टाउने क्रम बढ्दै गएको छ। मेल्बोर्नको कोबर्ग लाईब्रेरी अनि ग्लेनरोय लाईब्रेरी पछि हिजै मात्र मेल्बोर्नको उत्तरको क्रेगीवन जहाँ नेपालीहरुको बाक्लो बसोबास रहेको छ सो ठाउँको लाईब्रेरीमा जुनियर नेपाली पुस्तकहरु सङ्ग्रहीत नेपाली जुनियर लाईब्रेरी सेक्सन स्थापना गरिएको छ।

दिदिबहिनी समाज भिक्टोरिया, नर्दन कम्युनिटी लिगल सेन्टर, क्रेगिबन नेप्लिज कम्युनिटी भिक्टोरिया र क्रेगीबन लाईब्रेरीको संयुक्त प्रयासमा क्रेगीवन नेपाली जुनियर लाईब्रेरी स्थापना गरिएको हो।सो लाईब्रेरीमा नेपाली कथा, कबिता सहित बिभीन्न लेख रचनाका पुस्तकहरु राखिएको छ। 

क्रेगीबन नेप्लिज कम्युनिटीका भाईबहिनीको स्वागत नृत्यबाट शुभारम्भ भएको कार्यक्रममा दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीले महिला सहभागिता र दिदी बहिनी समाजको बारे सङ्क्षिप्त रुपमा जानकारी गराउनु भएको थियो। महिला सहभागीतामा नर्दन कम्युनिटी लिगल सेन्टरसँगको सहकार्यमा दिदी बहिनी समाजले गरेका बिभीध कार्यक्रमको बारे शोभा, अपेक्क्षा शर्मा, रमा ढकाल र मनिषा कोईराला पौडेलले आफ्नो अनुभव साटेका थिए।

एनआरएनएका भाईस प्रेसीडेन्ट एवम् भिक्टोरीया राज्य सँयोजक प्रेम कन्डेलले यस्तो सराहनिय काम प्रती दिदीबहिनी समाज र नर्दन कम्युनिटी लिगल सेन्टर धन्यबादका पात्र रहेको बताउँदै नेपाली समुदायको लागि उल्लेख्यनिय काम रहेको जानकारी गराउनु भयो। क्रेगीवन नेपाली समाजका अध्यक्ष माधव पौडेलले यस्ता रचनात्मक कार्य गर्न पाउँदा खुसी भएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनु भयो। 

नर्दन कम्युनिटी लिगल सेन्टरका कम्युनिटी डेभलपमेन्ट मेनेजर तानिया म्याकेन्जीले दिदी बहिनी समाजसँग मिलेर यस्तो सामाजिक कार्य गरिन पाउँदा खुसी भएको धारणा व्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा क्रेगीबन नेपाली समाजका तर्फबाट बासुदेव मरहट्टाले क्रेगिबन नेप्लीज कम्युनीटिका कार्यसमिति सदस्यहरुलाई प्रसंशा पत्र वितरण गर्नुभएको थियो ।

क्रेगीबन नेपाली बिधालयका भाई बहिनीहरुबाट उध्घाटन गरिएको सो कार्यक्रमलाई दिदिबहिनी समाज तथा नर्दन कम्युनिटी लिगल सेन्टरकी सम्योजक सन्जना श्रेष्ठले संचालन गर्नु भएको थियो भने कबयत्री पार्बती पहारिले कविता वाचन गर्नु भएको थियो। उक्त लाईब्रेरीमा १०० भन्दा बढि नेपाली पुस्तकहरु राखिएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal