eNepal

समुन्द्र सुरक्षा सम्बन्धी तालीममा भिक्टोरीयाका सँस्थाको एक जुट, गरे उदाहरणिय काम

एनआरएनए भिक्टोरीया, जिलोङ नेप्लिज एशोसियसन, नेप्लीज एसोशियसन अफ भिक्टोरीया र मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्टको सङयुक्त प्रयास अनि लाईफ सेभिङ भिक्टोरीयासँगको सहकार्यमा हिजो ३० जनवरी २०२० का दिन मेल्बोर्नको अल्टोना समुन्द्र तटमा एकदिने समुन्द्र सुरक्षा सम्बन्धी तालीम सम्पन्न भएको छ। 

सो तालिममा समुन्द्रमा पौडी खेल्न जाँदा अप्नाउनु पर्ने सावधानीहरु,थाहा पाउनु पर्ने सङ्केतहरु, समुन्द्रमा हुने रिप करेन्टको बारे जानकारी गराईएको थियो। अल्टोना वाटर सेफ्टी क्लव भिक्टोरीयाका व्यवसाहिक प्रशिक्षकहरु द्वारा गराईएको तालीममा समुन्द्रमै गएर अभ्यास गरिएको थियो।

उक्त तालीममा एनआरएनए अस्ट्रेलीयाका अध्यक्ष केशब कन्डेल, एनआरएनए अस्ट्रेलीयाका उपाध्यक्ष तथा भिक्टोरीया संयोजक प्रेम कन्डेल, जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष नीरज करणजीत  मेल्बोर्न नप्लिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा लगाएत अन्य सुमुदायका अगुवाहरुको उपस्थिती रहेको थियो।

हरेक बर्ष अस्ट्रेलीयाको समुन्द्रमा पौडने क्रममा समुन्द्र र पौडी सम्बन्धी ज्ञानको अभावमा कैयौले डुवेर मृत्युबरण गरेका समाचारहरु हामी सुन्दै आएका छौ। यस्ता सामान्य ज्ञानले आपत्कालीन अवस्थामा आफु बच्न र अरुलाई बचाउन ठुलो सहयोग पुर्याउँछ। 

यसरी भिक्टोरीयाका चार सँस्थाहरु एकैसाथ जुटेर गरिएको सम्भवत: पहिलो कार्यक्रम रहेको छ जसले समाजमा सकारत्मक सन्देश प्रवाह गरेको छ।

कलेज र कामको कारण बिधार्थी भाई बहिनीको सहभागीता न्युन देखिएता पनि छिट्टैनै  लाईफ सेभिङ भिक्टोरीयासँग सहकार्य गरेर सप्ताहन्त: मा अर्को कार्यक्रम आयोजना गर्ने एनआरएएका उपाध्यक्ष एवम् भिक्टोरीया संयोजक प्रेम कन्डेलले बताउनु भयो। त्यस्तै जिलोङ नेप्लिज एशोसियसनका  अध्यक्ष निरज करणजीतले यस्ता कार्यक्रममा बिशेष गरेर नयाँ आएका बिधार्थी भाईबहिनीहरुको सहभागीता महत्वपुर्ण रहने र समुन्द्र सम्बन्धी सामान्य ज्ञानले पनि जिवन रक्षा गर्न सक्ने बताउनु भयो। 

उक्त तालीममा स्नोरकेलीङ, रेस्क्यु टेक्निक, बोड प्याडलिङ स्किल, लाईफ ज्याकेटको प्रयोग, पानी सुरक्षा प्रदर्शन, बिच भलिवल लगाएतका कार्यक्रमहरु गरिएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal