eNepal

बाल संसार ग्लेंरोयको आयोजनामा Public Speaking and Confidence Build Up Training सम्पन्न

मेलबोर्नमा नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा Public Speaking and Confidence Build Up तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा आठ देखि बाह्र बर्ष सम्मका पैतिस जना बिधार्थी भाइबहिनीहरुले भाग लिएका थिए । नेपाली भाषा, संस्कृति, भेषभुषा, कलाको उत्थान र जगेर्ना गर्ने उदेश्यले संचालित उक्त बिधालयले बिगत पांच बर्ष देखि अस्ट्रेलियामा हुर्कदै गरेका नेपाली मुलका केटाकेटीहरुका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ साथै नेपाली डान्स, चित्रकला लगाएत बिभिन्न तालिमहरु संचालन गर्दै केटाकेटीहरुको व्यक्तित्व बिकास गराउन टेवा पुर्याउदै आएको छ । 

सुशील चालिसे द्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली बिद्यालयहरु बाल चौतारी वेस्ट,  बाल चौतारी प्रेसटन,  बाल बाटिका एप्पिंग वलर्ट नेपलिज कम्युनिटी,  बाल संसार ग्लेनरोयका बिधार्थीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी बिधार्थीहरुले रमाइलो गर्नुका साथै ज्ञानगुनका धेरै कुराहरु सिकेको बताएका थिए । तालिमबाट सहभागी बिधार्थीहरुले कार्यक्रम संचालन गर्न चाहिने कला र सिप सिक्दै आत्मविश्वास पनि बढाउन मद्दत पुगेको भन्दै खुशी व्यक्त गरेका थिए । तालिमका साथै विभिन्न बिधालयका प्रतिनिधिहरुको वर्कशप सन्चालन भएको थियो । उक्त वर्कशपमा नेपाली भाषाका शिक्षकहरुको ब्यबस्थापन, सम्योजन, नेपाली भाषा स्कुलको स्थापना, अनुभव र आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल चलेको थियो ।

बाल सन्सार ग्लेनरोयका अध्यक्ष समिर रघुबन्शीले यो तालिम विद्यार्थीहरुका लागी निक्कै नै फलदायी भएको बताउनु भएको थियो । Public Speaking and Confidence Build Up तालिमका संयोजक तथा बाल सन्सार ग्लेनरोयका उपाध्यक्ष रिता पन्तले यस्ता खालका कार्यक्रमको आयोजना गराउन पाउदा बाल संसार ग्लेंरोय परिवार अझै बढी हौसिएको बताउनु हुदै उक्त तालिम प्रत्येक बर्ष संचालन गर्ने योजना रहेको पनि बताउनु भएको थियो । तालिममा सहभागी बिधार्थी भाइबहिनीहरुलाई खाजाको पनि ब्यबस्था रहेको थियो । संयोजक रिता पन्तले तालिममा सहभागी बिभिन्न बिधालयहरु, बिधार्थी भाइबहिनीहरु, सम्पूर्ण अभिभाबकहरु तालिमका प्रशिक्षक सुशील चालिसे, कार्यसमितिका सदस्यहरु लगाएत भोलेनटरहरुलाइ तालिम सफल बनाउन सहयोग पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal