eNepal

१५ औं न्याभ कप क्रिकेट प्रतियोगिता आइतबारदेखि मेल्बोर्नमा सुरु

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले हरेक बर्ष आयोजना गर्दै आएको न्याभ कप क्रिकेटको १५ औँ संस्करण आगामी आइतबारदेखि मेल्बोर्नको  TW Blake Park, Preston मा सुरु हुँदैछ।

न्याभको १५ औं बार्षिक उत्सवको रुपमा मनाउन लागिएको यो खेल विशेष उत्सवको रुपमा मनाउन सम्पुर्ण भिक्टोरीया बासी खेलप्रेमीहरुलाई न्याभले आमन्त्रण गरेको छ।

मेल्बोर्नमा रहेका नेपाली खेलाडीहरुलाई आफ्नो कौशल देखाउन न्याभले बिगत लामो समयदेखी बिभीन्न खेलकुदका कार्यक्रमहरु गर्दै आएको छ।

१२ ज्यानुवरी देखि प्रत्येक आइतबार दुई चरणमा  चार-चार खेल हुने न्याभ कप क्रिकेट टी-ट्वेन्टी प्रतीयोगीतामा मेल्बोर्नका ब्रिलीयन्ट क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, हिमालयन क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लबले भाग लिंदैछन् । यस पटक सात क्लबबाट दश टीमहरुले प्रतिस्पर्धा गर्दैछन्। 

मेल्बोर्नका २४ भन्दा बढी व्यापार व्यबसायहरुले सहयोग गर्ने यस प्रतीयोगीतालाई टिम भिक्टोरीया, हार्मोनी ईन् क्रिकेट एसोसियसन, एनआरएनए लगाएत भिक्टोरियन नेप्लिज क्रिकेट एयोसियसनले साथ दिएका छन्। यस प्रतियोगीताको फाईनल खेल २३ फेबुअरी आईतबार हुनेछ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal