eNepal

नेपाल र अस्ट्रेलीया बीचमा हवाई सेवा संचालन गर्ने बारे नेपाली दुतावास क्यानबेरामा छलफल

नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा संचालन गर्ने बारेमा नेपाली दुतावास क्यानबेरामा छलफल भएको छ ।

गत अक्टोबरमा दुई देशका बीचमा हवाई सम्झौता भएसंगै हवाई सेवाका लागि बाटो खुलेको थियो ।हवाई सेवा सञ्चालन गर्ने विषयमा आज भएको छलफल सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

छलफलमा नेपालका तर्फबाट मन्त्री योगेस भट्टराई, राजदूत महेश दाहाल, प्रथम सचिव द्रुपदा सापकोटा सहित निर्मल भट्टराई र यादव कोइराला सहभागि थिए भने अस्ट्रेलियाका तर्फबाट पूर्वाधार, यातायात सहरी तथा क्षेत्रीय विकास विभाग अन्तर्गतको नागरिक उड्डयनका महाप्रवन्धक जिम वल्फ, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट, एभिएशन इन्ड्रस्ट्रि नीति शाखाका निर्देशन रोश एडम्सलगायतका प्रतिनिधिमण्डलबीच छलफल भएको थियो ।

अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अस्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal