आगामी १२ जनवरीका आइतबार साथी अष्ट्रेलियाको आयोजना र नेप्लिज नेवरहुड कमिनिटिको सहयोगमा भिक्टोरियाको लेलोरमा अवस्थित हस्किसन पार्कमा योग शिविर आयोजना हुँदैछ। योग शिविर मुख्यतः डढेलो पीडितको सहयोगार्थ आर्थिक संकलनको लागी गरिने भएको छ। योग शिविरमा सवैले सकेसम्म उपस्थित भइ दिन र स्वइक्ष्याले आर्थिक दान गरिदिनहुनको लागी योगी मधुसुदन भेटुवालले सवैमा सविनय अनुरोध गर्नु भएकोे छ ।
यो बिसम् परिस्थितीमा नेपाली सामूदाय बीच एकता र सेवा भाव देखाई योग शिविरमा उपस्थिति हुन र यथासक्य आर्थिक सहयोग गरिदिन हुन सामाजिक अभियन्ता रोशनी श्रेष्ठले सबैमा अपिल गर्नु भएकोे छ। मिडियाकर्मी मनोज पौडेलले नेपालि समुदायलाइ योग शिविरमा सहभागी हुन र सेवाको भवनालाइ प्राथमिक्तामा राख्न अनुरोध गर्नु भएकोे छ। यस्तै नेप्लिज नेवरहुड कम्युनिटिकी सम्योजक अमृत गुरुङले कर्मभूमि अष्ट्रेलियामा जारी डढेलो नियन्त्रण र पीडितको सहयोगार्थ आर्थिक संकलनको लागी योग शिविर अयोजना गरिने बताउनु भयो र साथै सवैलाइ उपस्थित भइ यथासक्य आर्थिक सहयोग गरिदिनको लागी पनि अपिल गर्नु भएकोे छ।


