eNepal

थारु माघी पर्व सिडनीमा दोस्रो पटक भव्यरुपमा मनाईदैछ

सागर भुर्तेल, सिड्नी

थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरी ले जानकारी दिए।
न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५ मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले जानकारी दिएका छन्।
गत बर्ष संस्थाका अध्यक्ष दीपनारायण चौधरीको अध्यक्षतामा आयोजित ऐतिहासिक पहिलो माघी मेला भब्यताका साथ सफल पारिएको थियोl
थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको अफिसर चौधरीले जनाएका छन्।
पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो।
२४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal