eNepal

रोयल राइनोज क्रिकेट क्लबले जित्यो यस बर्षको बिएमडब्लू कप

अष्ट्रेलियामा आइतबार सम्पन्न बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगिताको उपाधि आयोजक रोयल राइनोज क्रिकेट क्लबले जितेको छ ।

फाइनलमा सगरमाथा क्रिकेट क्लबलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । टस हारेर ब्याटिङ थालेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । उसका आशिष जिसीले ३ चौका र २ छक्का सहित ५४ रनको योगदान दिए । अभिनास पौडेल २६ र कुशलले १७ रन जोडे । निरज श्रेष्ठले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । निराजन कार्की र पुकार भण्डारीले १-१ विकेट लिए ।

रोयल राइनोजलेले जवाफी ब्याटिङगर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएपछि सुपर ओभरमा धकेलिएको थियो । मोहन पुनले ३ चौका र ४ छक्का सहित ५८, मनोज २४ र निरज श्रेष्ठले ११ रन जोडे । सगरमाथाका कुशलले ३,सुमित, निकेश र सजेन्द्रले १-१ विकेट लिए ।

सुपर ओभरमा रोयल राइनोजले १३ रन बनाएको थियो । सगरमाथाले १० रन बनाए पछि रोयल राइनोजले उपाधि जितेको थियो । सगरमाथाका अभिनास पौडेल प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी र बलर चुनिए । रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा मंसिर२२ देखी भएको बिएमडब्लू कपमा ८ टोलीको सहभागिता थियो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal