भिक्टोरीयाका नेपाली समुदायमाँझ प्रतिस्ठित लिगको रुपमा चिनीएको जिएनसिभी सकर लिगको फाईनलमा द हिमायन टाईगर्सलाई १ का बिरुद्ध ६ गोल गर्दै युनाइटेड एफसी मेलबोर्नले जिएनसिभी फुटबल कप जित्न सफल भएको छ। यो सँगै युनाईटेड एफसीले पाचौ पटक आफुलाई अव्वल साबित गर्दै बिजयी ट्रफी आफ्नो पोल्टोमा पार्न सफल भएको हो | जिएनभिसी फुटबल लिगको फाईनल खेल गएको आइतवार आरएमआईटी स्पोर्टस सेन्टर, बन्डुरामा भएको थियो।

जिएनसिभी कपको फाईनलमा दशौं पटक पुगेको युनाईटेड एफसीका कप्तान सजन थापा मगर टूर्नामेन्टका “सर्वश्रेष्ठ खेलाडी” ठहरिए भने फाइनलमा “म्यान अफ द मैच”, सोही टिमका सह क्याप्टेन विश्व गुरुङ भए। यसका साथै सर्बाधिक अठार गोल गरेर आफुलाई सर्बाधिक गोल गर्ने क्लबमा आफुलाई चिनाउन सफल भयो।
तेश्रो स्थानका लागि भएको खेलमा शुन्यको बिरूद्ध आठ गोलको भारी अन्तरले रोयल वेश्टर्न फुटबल क्लवले हिमालयन फुटबल क्लबलाई जित्न सफल भयो। त्यस्तै पैचिस बर्ष माथीको सिनीयरका लागि भएको खेलमा पनि रोयल वेसटर्न फुटबल क्लवले क्रेगीबन फुटबल क्लवलाई जिन्न सफल भयो जसका म्यान अफ द म्याच प्रकासकाजी थापा भए।

गएको २९ सेप्टेम्बरबाट शुरु भएको यो लीग हरेक आईतबार हुँदै आएको थियो। मेल्बोर्नका आठ फुटबल टिमहरु युनाईटेड फुटबल क्लब, द हिमालयन टाईगर्स फुटबल क्लव, यती फुटबल क्लव ए र बी, हिमालयन फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, रोयल फुटबल क्लव, थन्डर फुटबल क्लव र क्रेगीवन फुटबल क्लवले सहभागीता जनाएका थिए।

