सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्स नेश्नल पार्कमा हिजो शुक्रवार बेलुकी दुई नेपालीको पानीमा डुबेर निधन भएको छ। बेलुकी सात बजे तिन जना पानीमा बेपत्ता भएको खबर पाएपछि आपालकालीन सेवा त्यहाँ पुगेको थियो।
आपालकालीन सेवाले एक नेपालीको उध्दार गरेको छ र हाल उनी अस्पतालमा उपचार्थ भर्ना भएका छन्।उनको अवस्था गम्भिर रहेको छ।
दुई जनाको शव फेला पारेपछि प्रहरिले रातको साढे एघार बजे खोजी कार्य बन्द गरेको थिए। प्रहरीले दुईजनाको शव पोष्टमार्टमका लागि पठाएको छ ।
यस घटनाको बारे थप जानकारी आउन बाँकी रहेको छ।

