eNepal

डँढेलोबाट बाँच्न अष्ट्रेलियाको भिक्टोरिया र न्युसाउथ वेल्सका हजारौं सर्वसाधारण समुद्री तटमा

सागर भुर्तेल, सिड्नी

डँढेलोबाट बाँच्न अष्ट्रेलियाको भिक्टोरिया र न्युसाउथ वेल्सका हजारौं सर्वसाधारण समुद्री तटमा पुगेका छन् । डँढेलोले वरिपरिको वायुमण्डल नै रातो देखिएको स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको जङ्गलमा लाग्दै आएको डँढेलोले करीब दुई महिना यता सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । हालसम्म डँढेलोको कारण १२ जनाको मृत्यु भइसकेको छ । “हामी बंकरमा बस्न बाध्य भएका छौं, आकाश रातो हुन गएको छ र समुद्री तटको वरिपरि पनि चारैतिर खरानीको धुलो उडेको छ ।” स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयुले समुद्री तटमा बसेकाहरुको लागि भोजन, खानाको व्यवस्था गरिने बताउनुभयो । न्यु साउथ वेल्सका डेप्युटी कमीशन गैरी वरबोयजले भन्नुभयो, “परिस्थिति अत्यन्तै पीडादायी छ, बिहानैबाट डँढेलो लाग्न सुरु हुन्छ, हामीले उत्कृष्ट प्रयास गर्दागर्दै घटना भइरहेका हुन्छन् ।”

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal