अष्ट्रेलियाको मेलबर्नमा जारी बिएमडब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राईनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छन्।
आईतबार भएको सेमिफाइनल खेलमा नारे किग्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै रोयल राईनोज प्रतियोगिताको फाइनल पुग्न सफल भएको हो भने सगरमाथाले द हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाईनको यात्रा तय गरेका हुन्।
रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी यस प्रतियोगितामा मेल्बोर्नका ८ टिमको सहभागिता रहेको थियो ।

