भिक्टोरीयाका नेपाली समुदायमाँझ प्रतिस्ठित लिगको रुपमा चिनीएको जिएनसिभी सकर लिगको फाईनल खेल द हिमायन टाईगर्स र युनाईटेड फुटवल क्लव मेल्बोर्नका बिच यहि ५ जनवरी १२:३० बजे आरएमआईटी स्पोर्टस सेन्टर, बन्डुरामा हुने भएको छ। सेमीफाईनलमा हिमालयन फुटबल क्लव र रोयल वेस्ट्रन फुटबल क्लवलाई क्रमश दुईका बिरुद्द एक र पाँचका बिरुद्ध सुन्य गोलका साथ हिमायन टाईगर्स र युनाईटेड फुटवल क्लव फाईनल पुग्न सफल भएका हुन्।
गएको २९ सेप्टेम्बरबाट शुरु भएको यो लीग हरेक आईतबार हुँदै आएको थियो। मेल्बोर्नका आठ फुटबल टिमहरु युनाईटेड फुटबल क्लब, द हिमालयन फुटबल क्लव, यती फुटबल क्लव ए र बी, हिमालयन फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, रोयल फुटबल क्लव, थन्डर फुटबल क्लव र क्रेगीवन फुटबल क्लवले सहभागीता जनाएका थिए।
बिगत दश बर्ष देखी हुँदै आएको यो लिग बिशेष कारणले गएको बर्ष हुन सकेको थिएन।
यो लीग जित्ने टिमले आगामी १० देखी १३ अप्रीलमा क्यानबेरामा हुने Oceania Nepali Sports Meet (ONSM)मा सहभागी जनाउनेछ। यसलाई मिनी ओलम्पिकको रुपमा पनि हेरीदै आएको छ।

