eNepal

फोकनर नेपाली समाजले शुभकामना आदनप्रादान गर्दै मनायो कृस्मस र नयाँ बर्ष

मेल्बोर्नको उत्तरी भागमा बसोबास गर्ने नेपाली समुदायहरुको समाज फोकनर नेपाली समाजले नयाँ बर्ष २०२० तथा कृस्मसको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पिक्निक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मेल्बर्नको उत्तर स्थित पार्कर रिजर्भमा आयोजना गरिएको थियो। कार्यक्रममा साना बालबालीकाहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए। 

सो कार्यक्रममा एन आर एन ए भिक्टोरीयाका अध्यक्ष प्रेम कँडेल लगाएत एनआरएन अस्ट्रेलीयाका निवर्तमान अध्यक्ष टोनु घतानेले नेपालीलाई एकजुट बनाउनका साथ साथै नेपाली भाषा तथा कला र सँस्कृति सिक्न र बुझ्न नयाँ पुस्तालाई सहयोग पुग्ने बताउदै शुभकामना ब्यक्त गरेका थिए।  

कार्यक्रममा सँस्थाले सन्चालन गरेको बाल नृत्य कक्षामा सहभागी बालबालिकालाई प्रमाणपत्र प्रदान गरिएको थियो। सँस्थाका सचिब राजन खडकाले सन्चालन गरेको सो कार्यक्रममा सभापती प्रफुल्ल श्रेष्ठले स्वागत तथा शुभकामना ब्याक्त गर्नु भएको थियो। 

कार्यक्रममा फोकनर आस्पास क्षेत्रमा बसोबास गर्ने करिब १६० जनाको उपस्थिति रहेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal