eNepal

अस्ट्रेलियास्थित नेपाली दूतावासद्वारा अस्ट्रेलियाको शिक्षा मन्त्रालयलाई पत्राचार

सागर भुर्तेल, सिड्नी

 सिड्नीबाट प्रकाशित हुने सिड्नी मर्निङ हेराल्डमा विभिन्न प्रोफेसरलाई उदृत गरेर समाचार प्रकाशन भएको थियो । त्यसमा ध्यानआकर्षण भएको भन्दै राजधानी क्यानबेरामा रहेको नेपाली दूतावासले अस्ट्रेलियाली शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रिय पत्रिकामै यस्तो खाले समाचार प्रकाशित भएपछि ६५ हजार विद्यार्थी अध्ययन गरिरहेको नेपाली समाजमा निकै चर्चा परिचर्चा भएको छ। नेपाल अस्ट्रेलियाको ठूलो मानिने शैक्षिक उद्योगमा योगदान दिने तेस्रो मुलुकमा पर्छ।

‘गरिब देशका विद्यार्थी र फि तिर्न नसक्ने अनि काम र दामका लागि कुदने’ जस्ता भनाइ प्रयोग गरेर प्रकाशित यस लेखमा सिड्नी विश्वविद्यालयका प्रोफेसर बारबोन्स एएनयुका प्राफेसर नोर्टनको भनाइलाई आधार बनाइएको थियो।

यसरी अस्ट्रेलियाको शैक्षिक उद्योगमा तेस्रो ठूलो लगानी गर्ने देशका रूपमा २.६ विलियन तिर्ने नेपाल र नेपाली विद्यार्थीलाई मानमर्दन गरेर लेख प्रकाशित भएको थियो ।

यसरी एउटा समाचारले नेपाली समाजलाई तरंगित बनाइराखेका बेला क्यानबेरामा रहेको नेपाली राजदूतावासले सोमबार बिहानै सिधै शिक्षा मन्त्रालयलाई पत्राचार गरेर यस विषयमा जानकारी गराएको छ।

राजदूतावासले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरू अन्य राष्ट्रका झैं यहाँको नीति नियम र परिधिभित्र रहेर सम्बन्धित शैक्षिक निकायको अनुमतिमा अध्ययन गर्न आएकोले यस्तो खाले समाचारले सम्बन्धित मुलुकको छविमा नराम्रो पर्नसक्ने विषय उल्लेख गरिएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal